• २०८१ बैशाख १६ आइतबार

जीमेल स्टोरेजको व्यवस्थापन यसरी गरौँ ! 

kharibot

जीमेल विश्वभर विद्युतीय सन्देश अर्थात् ईमेलका लागि निकै चर्चित छ ।

गूगलको यो सेवामा धेरै प्रकारका उपयोगी फिचरहरू पनि छन् । ल्यापटप, कम्प्युटरमा राखेका सामान भाइरस अथवा अन्य कारणले नष्ट हुन सक्छन् । त्यसैले हामीले आवश्यक फाइलहरू यसमा सुरक्षित राख्न सक्छौं । त्यसका लागि गूगलले १५ जीबी निःशुल्क स्टोरेज प्रदान गरेको हुन्छ । त्यसभन्दा बढी चाहिएमा भने शुल्क तिर्नुपर्ने हुन्छ ।

तथापि, यसको सदुपयोग गर्न नजान्नाले विभिन्न अनावश्यक फाइल, फोटो, मेल आदिले यसको स्टोरेज ओगटिरहेका हुन्छन् र आवश्यक फाइलहरू सुरक्षित गर्न समस्या हुन सक्छ ।

यदि हामीले यसलाई म्यानेज गर्न जान्ने हो भने सीमित स्पेसमा पनि धेरै प्रकारका डकुमेण्ट, फोटो आदि अटाउन सक्छौं । यसका लागि हामी निम्न लिखित उपाय अपनाउन सक्छौं । 

सबैभन्दा पहिला जीमेल खोल्नुहोस् । जीमेलको तलतिर स्क्रोल गर्नुहोस् । त्यहाँ तपाईंसँग कति स्टोरेज बाँकी छ भनेर देखाइएको हुन्छ । त्यसको तल म्यानेज बटनमा क्लिक गर्नुहोस् । 

यसमा क्लिक गरेपछि तपाईं ड्राइभ स्टोरेज पेजमा पुग्नुहुन्छ । त्यहाँ एक पाइचार्ट देखिन्छ । त्यहाँ कुन क्षेत्रले कति स्टोरेज ओगटेको छ, त्यो थाहा पाइन्छ । त्यहाँ स्टोरेजसँग सम्बन्धित छुट्टाछुट्टै प्लान पनि देखिन्छ ।    

पाइचार्टको तल दिइएको भ्यु डिटेलमा क्लिक गर्नुहोस् । त्यसमा तपाईंले गूगल ड्राइभ, जीमेल र फोटोजमा कति स्टोरेज प्रयोग गर्नुभएको छ, त्यो देख्न सक्नुहुन्छ ।  

त्यसपछि लर्न मोर क्लिक गर्नुहोस् । त्यसपछि तपाईं गूगल ड्राइभ हेल्पको एक पेजमा पुग्नुहुन्छ । यसले तपाईंलाई केही स्टेपमा आफ्नो स्टोरेजको सदुपयोग कसरी गर्ने भन्ने जानकारी दिन्छ । 

यदि ट्रेसमा धेरै फाइल छन् भने drive.google.com मा क्लिक गरेर ट्रेसमा क्लिक गर्नुहोस् । त्यसपछि ट्रेसमा भएकामध्ये कुनै फाइल तपाईंलाई आवश्यक छ कि छैन भन्ने याद गर्नुहोस् । त्यसपछि एम्प्टी ट्रेस बटन क्लिक गर्नुहोस् । 

गूगल ड्राइभ हेलपमा अप्सन१को तल एक लिङ्क पनि हुन्छ । त्यसले कुन फाइलले बढी स्टोरेज खपत गरेको छ भन्ने थाहा दिन्छ । यसबाट पनि छानेर तपाईंले आफूलाई नचाहिने फाइललाई डिलिट गर्न सक्नुहुन्छ । 

यदि स्टोरेजमा फोटोले धेरै स्पेस लिएको छ भने ‘लर्न मोर एबाउट फोटो स्टोरेज’मा क्लिक गरेर फोटोको क्वालिटी चेक गरेर त्यसलाई घटाउन पनि सकिन्छ । 

जीमेलमा भएका ट्रेस र स्पाम फोल्डरलाई हटाउनुहोस् । यसले पनि स्टोरेजको धेरै भाग ओगटिरहेको हुन सक्छ । त्यस्तै, अनावश्यक मेलहरूलाई डिलिट गर्ने गर्नुहोस् । 

यसरी गूगलको स्टोरेजको व्यवस्थापन गरी आफूलाई आवश्यक धेरै फाइल यसमा सुरक्षित राख्न सकिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै