काठमाडौं । नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
आइसीसी विश्वकप लिग- २ अन्तर्गतको सिरिजको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २३५ रन बनाएको हो ।
नेपालका लागि पुर्वकप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए । रोहितले १२५ बल खेल्दै ८ चौका र एक छक्कासहित शतक प्रहार गरेका हुन् । रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो । रोहितले यसअघि २०२२ मा पिएनजीविरुद्ध १२६ रन बनाएका थिए भने २०२५ मा युएईविरुद्ध १०९ रन बनाएका थिए ।
त्यस्तै गुलशन झाले ४८ रन बनाए भने बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाएका थिए ।
त्यस्तै क्यानडाका बलर अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्द सिंह ले ३ विकेट र जाहिद शिजादले २ विकेट लिएका थिए ।









