• २०८३ असोज २५ आइतबार

एक्स्ट्रीम म्युजिक सिरिज सुरु, नेपाली सङ्गीतमा नयाँ प्रतिभालाई अवसर

एक्स्ट्रीम म्युजिक सिरिज सुरु, नेपाली सङ्गीतमा नयाँ प्रतिभालाई अवसर

काठमाडौँ । नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम म्युजिक सिरिज’ सुरु गरेको छ ।

अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस शृङ्खलाले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

एक्स्ट्रीम इनर्जी ड्रिङ्कको अवधारणामा आधारित यस शृङ्खलाको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रम द प्लानेट) ले गरिरहेका छन् । शृङ्खलाअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ । शृङ्खलामा समावेश गीत तथा सङ्गीत भिडियोहरू एक्स्ट्रीम म्युजिक सिरिजको युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।

पहिलो शृङ्खलामा यवेश, एसटीएम्यान, भेक, ब्योमा, ब्लुज, बिजेन, फोक्टोनिक्स, डोङ र त्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन् । प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत शृङ्खलालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

परम्परागत शैलीभन्दा फरक सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको आयोजकले जनाएको छ ।

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले यस शृङ्खलामार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै