• २०८३ असोज २५ आइतबार

कांग्रेस सहमहामन्त्रीको खुलातर्फ रामहरि खतिवडाको शुरुवाती अग्रता

कांग्रेस सहमहामन्त्रीको खुलातर्फ रामहरि खतिवडाको शुरुवाती अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री पदको खुला तर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् ।

दुई जना सहमहामन्त्री निर्वाचित हुने खुला समूहअन्तर्गत ५८४ मत गणना हुँदा खतिवडाले २८९ मत प्राप्त गरेका छन् । डिल्लीराम सुवेदी १८७ मतसहित दोस्रो स्थानमा छन् भने अजयबाबु शिवाकोटीले १७४ मत प्राप्त गरेका छन् ।

हालसम्मको मतपरिणामअनुसार अन्य उम्मेदवारमध्ये देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन् ।

खुला तर्फबाट दुई जना सहमहामन्त्री निर्वाचित हुने भएकाले मतगणनाको पछिल्लो परिणामले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै