• २०८३ असोज २७ मंगलबार

बलिवुड फिल्म दृश्यम-३: द कन्क्लुजन १० दिनमा तीन सय करोड क्लबमा

बलिवुड फिल्म दृश्यम-३: द कन्क्लुजन १० दिनमा तीन सय करोड क्लबमा

काठमाडौं । अभिनेता अजय देवगनको फिल्म दृश्यम-३ : द कन्क्लुजन' ले प्रदर्शनको १० दिनमा तीन सय करोड क्लब पार गरेको छ । 

सैकनिल्कका अनुसार फिल्मले रिलिजको १० दिनमा घरेलु बक्स अफिसमा ३०९.५ करोड कमाई गरेको छ ।  

पहिलो दिन भारतमा ६२ करोड भारु खुद कमाइ गरेको थियो भने दोस्रो दिन ५३.५ करोड, तेस्रो दिन ६१ करोड, चौथो दिन २१ करोड र पाँचौं दिन मंग्लाब्र १९ करोड कमाई गरेको थियो । त्यस्तै छैठौं दिन १५.५ करोड, सातौं दिन १३ करोड, आठौँ दिन १४.५ करोड, नवौं दिन २६.५ करोड र दशौँ दिन २३ करोड कमाई गरेको छ । 

त्यस्तै फिल्मले १० दिनमा भारत बाहेक विश्वभर १०९ करोड कमाई गरेको छ । 

फिल्ममा अजय देवगन पुनः विजय सालगाउँकरको भूमिकामा देखिएका छन् । उनीसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर र प्रकाश राज पुरानै भूमिकामा फर्किएका छन्। यसपटक जयदीप अहलावत पनि फिल्ममा नयाँ पात्रका रूपमा जोडिएका छन्।

यसअघि अभिनेता अक्षय खन्नाले अन्तिम समयमा फिल्म छाडेको विषय पनि चर्चामा आएको थियो। निर्देशक अभिषेक पाठकका अनुसार अजय देवगनसँग अक्षयका दृश्य छायांकन हुनुभन्दा एक साताअघि उनले फिल्म छाडेका थिए। त्यसपछि निर्माताले तीन दिनमै कथा पुनर्लेखन गरी अक्षयको भूमिका नयाँ पात्रमा परिवर्तन गर्दै जयदीप अहलावतलाई सहभागी गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै