• २०८३ असोज २७ मंगलबार

हिमालयन डिस्टिलरीले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम रम’

हिमालयन डिस्टिलरीले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम रम’

काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो ‘श्लोक’ ब्रान्डअन्तर्गत ‘श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम’ बजारमा ल्याएको छ । कम्पनीले प्रिमियम रमको श्रेणीमा प्रवेश गर्दै नयाँ स्वाद र विशेषतासहितको उत्पादन सार्वजनिक गरेको हो ।

‘हरेक थोपामा एउटा कथा’ भन्ने मूल भावनामा आधारित यस रमको नाम ‘श्लोक’ साहित्य र कवितामा पाइने ज्ञानपूर्ण पद्यबाट प्रेरित छ । कम्पनीका अनुसार यसले परम्परागत भावनालाई समेट्दै गाढा स्वाद, पूर्णपन र न्यानोपनको अनुभूति दिने विशेषता बोकेको छ ।

नयाँ रममा उखुको रसबाट प्राप्त गुडको गाढा स्वादसँगै भेनिला, गाढा क्यारामेल, भुटेको ओक काठ, सुक्खा फलफूल र न्यानो मसालाको स्वाद तथा सुगन्ध पाइने कम्पनीले जनाएको छ । हातैले छनोट गरिएका फलफूल र मसालाको प्रयोगले यसको सुगन्ध तथा स्वादलाई थप विशिष्ट बनाएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो रम प्राकृतिक मुहानको चिसो पानी प्रयोग गरेर तयार गरिएको हो । अन्तर्राष्ट्रिय रम मापदण्डअनुसार उत्पादन गरिएको यस पेयमा नेपाली उत्पादनको विशेषता र गुणस्तरलाई समेट्ने प्रयास गरिएको छ ।

‘श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम’ आकर्षक बोतल, प्रिमियम बेलनाकार बाहिरी खोल र विशेष ढकनीसहित बजारमा उपलब्ध हुनेछ । कम्पनीले यसलाई ७५० मिलिलिटर, १८० मिलिलिटर र ९० मिलिलिटरका तीन आकारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ७५० मिलिलिटरको बोतलको मूल्य २ हजार ३७५ रुपैयाँ, १८० मिलिलिटरको ५९५ रुपैयाँ र ९० मिलिलिटरको ३०० रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यस रमलाई सिधै वा तातो पानी, मह र कागतीसँग मिसाएर सेवन गर्न सकिन्छ । यसलाई साँझको फुर्सद, सामाजिक जमघट तथा खानपानका अवसरलाई लक्षित गरेर बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

‘हरेक थोपामा एउटा कथा’ भन्ने नारासहित सार्वजनिक गरिएको यस उत्पादनमार्फत हिमालयन डिस्टिलरीले आफ्नो श्लोक ब्रान्डलाई प्रिमियम रमको बजारमा विस्तार गर्न खोजेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै