• २०८३ असोज २७ मंगलबार

मस्कले दिए मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई दिए २७ करोड ६० लाख डलर चन्दा

मस्कले दिए मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई दिए २७ करोड ६० लाख डलर चन्दा

काठमाडौँ । विश्वका धनी व्यक्ति एलन मस्कले अमेरिकामा नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारलाई सहयोग गर्न जुलाईयता २७ करोड ६० लाख अमेरिकी डलर चन्दा दिएका छन् ।

मध्यावधि निर्वाचन अघि ट्रम्पको लोकप्रियतामा कमि आएको र निर्वाचनमा पराजयको अनुमान भइरहेका बेला मस्क उनलाई सहयोग गर्न अगाडी आएका हुन् । विभिन्न पोल र रिपोर्टले मध्यावधि निर्वाचनमा ट्रम्पले सिनेटमा बहुमत गुमाउने अनुमान गरेका छन् ।      

मस्कले सन् २०२५ र २०२६ मा रिपब्लिकन पार्टीलाई कुल करिब ३६ करोड ६० लाख अमेरिकी डलर अर्थात् ३५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन् । यो रकम सन् २०२४ को निर्वाचनमा उनले दिएको चन्दाभन्दा बढी हो । मस्कको राजनीतिक संस्था ‘अमेरिका पीएसी’ ले रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार गरिरहेको छ ।

संस्थाका करिब तीन हजार प्रचारक घरघरमा पुगेर मतदातालाई मतदान गर्न प्रोत्साहित गरिरहेका छन् । टेक्सासमा रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा ठूलो विज्ञापन अभियान सञ्चालन गरिएको छ । मस्कको संस्थाले लैङ्गिक पहिचान र समाजवादसम्बन्धी मुद्दालाई समेत चुनावी प्रचारमा प्राथमिकता दिएको छ । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका मस्क यसपटक भने पर्दापछाडि रहेर आर्थिक सहयोग र रणनीतिमार्फत सक्रिय छन् । पछिल्लो समय ट्रम्पसँग उनको सम्बन्धसमेत सुधारिएको देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै