• २०८३ असोज २९ बिहीबार

नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न

नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न

काठमाडौँ । बलिवुड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरको निधन र अन्त्येष्टिको विषयमा प्रश्न उठाउँदै उनी जीवितै विदेशमा रहेको हुन सक्ने आशङ्का व्यक्त गरेकी छन् ।

इन्स्टाग्राम लाइभमा बोल्दै तनुश्रीले नाना पाटेकरको पार्थिव शरीर बलिउड वा सञ्चारमाध्यमका कसैले नदेखेको दाबी गरेकी छन् । उनले राति ११: २८ बजे अन्त्येष्टि गरिएको विषयमा पनि प्रश्न उठाएकी छन् ।

तनुश्रीले अस्पताल लगिएको, मृत्यु घोषणा गरिएको र शव परीक्षण गरिएको भनिएको घटनासँग सम्बन्धित तस्बिर वा दृश्य सार्वजनिक नभएको भन्दै शङ्का व्यक्त गरेकी छन् । उनले अन्त्येष्टि गरिएको शव नाना पाटेकरकै नभएको हुन सक्ने दाबीसमेत गरेकी छन् । यद्यपि, यी दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।

नाना पाटेकरको निधन अक्टोबर ८ मा ७५ वर्षको उमेरमा हृदयाघातका कारण भएको बताइएको थियो। तनुश्रीले भने कानुनी मुद्दा र प्रहरी अनुसन्धानबाट बच्न यस्तो नाटक गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेकी छन् ।

तनुश्री र नाना पाटेकरबीच सन् २००८ मा चलचित्र ‘हर्न ओके प्लीज’को छायाङ्कनका क्रममा भएको भनिएको यौन दुर्व्यवहारको आरोपलाई लिएर विवाद हुँदै आएको छ । सन् २०१८ मा ‘मि टु’ अभियानका क्रममा यो विषय पुनः चर्चामा आएको थियो ।

सन् २०१९ मा प्रहरीले अनुसन्धानपछि नाना पाटेकरलाई आरोपबाट सफाइ दिएको थियो । नाना पाटेकरले सन् २०२४ मा एक अन्तर्वार्तामा आफूले आरोपित व्यवहार नगरेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै