• २०८३ कार्तिक ४ मंगलबार

मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गएराति करिब रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ ।

जसिमलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले बाटोमै मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

गम्भीर घाइते ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै