• २०८१ बैशाख १५ शनिबार

भीमदत्त नगरमा पुनः कर्फ्यु

kharibot

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा पुनः कर्फ्यु लगाइएको छ ।

भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै