काठमाडौँ । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो ।
विराटनगरका लागि शेहान जयसूर्याले ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रन बनाएका थिए । त्यस्तै, सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए ।









