• २०८३ कार्तिक १५ आइतबार

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज दुई खेल हुदैछन् ।

आज पहिलो खेल अपराहन्न साढे १२ बजे कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुदैछ भने दोस्रो खेल साँझ ५ बजेदेखि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुदैछ ।

कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो । त्यस्तै काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

त्यसैगरी चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सले भने खेलेका ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ । सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो भने लुम्बिनी र विराटनगरसँग हार बेहोरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै