• २०८३ कार्तिक १६ सोमबार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा कारोबार भएको थियो  । 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३६५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै