काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १६८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश र कर्णाली प्रदेशमा २-२ जनाको तथा कोशी र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १६८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने कोशीमा ३७ जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा ५१ जना, कर्णालीमा २ जना र गण्डकीमा २७ जना घाइते भएका छन् ।









