काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४० कम्पनिका एक करोड ६८ लाख ५८ हजार ५९४ कित्ता शेयर ६ अर्ब १८ करोड ७८ लाख ८४ हजार ६२४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १३.५८ प्रतिशतले बढेको छ भने मकर जितु माया सुरी हाइड्रोको शेयर ८.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा लार्ज क्याप फण्डको शेयर ४.८६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३७ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको २९ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।









