• २०८३ कार्तिक १६ सोमबार

चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको हो ।

चितवनका लागि रवि भोपाराले सर्बाधिक ४९ रन बनाएका थिए । त्यस्तै डेविड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले १५-१५ रन तथा विवेक यादवले १७  रन बनाएका थिए ।

त्यसैगरी सुदूरपश्चिमका बलर स्कट कुगालानले २ विकेट लिए भने हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै