• २०८३ कार्तिक १७ मंगलबार

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४९ कम्पनिका एक करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ करोड ११  लाख ४२ हजार ५२३ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी शिखर पावरको शेयर ५.९४ प्रतिशतले बढेको छ भने रिभर फल्स पावरको शेयर ५.८० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बेनी हाइड्रोको शेयर ५.०४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २३ करोड १४ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावरको १९ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै