काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी शिखर पावरको शेयर ५.९४ प्रतिशतले बढेको छ भने रिभर फल्स पावरको शेयर ५.८० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बेनी हाइड्रोको शेयर ५.०४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २३ करोड १४ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावरको १९ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।









