• २०८३ कार्तिक १७ मंगलबार

३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेक्का सम्झौताअनुसार बाँकी किस्ता तथा मोबिलाइजेसन फन्ड भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गर्ने भन्दै घुस मागेको उजुरी परेपछि आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले घिमिरेसँगै गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वरका सञ्चालक वरुण ढुंगेललाई पनि पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट ३३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कात्तिक १६ गते मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

उनीहरूमाथि घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । कात्तिक १७ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै