• २०८३ कार्तिक १७ मंगलबार

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

काठमाडौँ । अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ ।

नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् ।

यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ ।

राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही राज्यका गभर्नर पदका लागि पनि मतदान हुने व्यवस्था छ । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत छ । सिनेटका १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् भने दुई स्वतन्त्र सांसद डेमोक्रेटिक पक्षसँग मिलेर काम गर्छन् । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । यसपटक चुनाव हुन लागेका ३५ सिटमध्ये २२ रिपब्लिकन र १३ डेमोक्रेटिक पार्टीका छन् ।

तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ सिटमा प्रतिस्पर्धा हुँदैछ । यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक छ । रिपब्लिकन पार्टीले कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि राष्ट्रपति ट्रम्पलाई आफ्ना नीतिसम्बन्धी कानुन पारित गराउन कठिन हुने विश्लेषण गरिएको छ । दुवै सदनमा बहुमत कायम राख्ने रिपब्लिकन र बहुमत हासिल गर्ने डेमोक्रेटिक पार्टीको लक्ष्य छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै