• २०८३ कार्तिक १८ बुधबार

कार्कीलाई कारवाही नगरी जिम्मेवारी मात्र हेरफेर गरिएको हो- प्रवक्ता पोखरेल

कार्कीलाई कारवाही नगरी जिम्मेवारी मात्र हेरफेर गरिएको हो- प्रवक्ता पोखरेल

काठमाडौ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारी हेरफेर गरिएको बताएको छ ।

सरकारका प्रवक्ता एवम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई कारवाही नगरिएको बताएका हुन् ।

उनले भने- 'उहाँलाई कारवाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ ।  सुरक्षा सल्लाहकारका रुपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो ।'

आजै बसेको मन्त्रिपरिषदको बैठकले एआइजी डा. मनोज केसीलाई आइजीपी बनाउने निर्णय गरेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै