• २०८३ कार्तिक १८ बुधबार

पहिलो खेलमा न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

पहिलो खेलमा न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

काठमाडौँ । भारतले पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।

वर्षाका कारण डकवर्थ लुइस नियमअनुसार ३२ ओभरमा १४३ रनको लक्ष्य पाएको भारतले २२.४ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । भारतका लागि विराट कोहलीले सर्बाधिक ७४ रन बनाएका थिए ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४०.२ ओभरमा १८५ रनमा समेटिएको थियो । न्युजिल्याण्डका टिम साइफर्टले सर्वाधिक ३८, ब्लेयर टिकनरले ३४ र ग्लेन फिलिप्सले ३० रन बनाए । भारतका अर्शदीप सिंहले चार, गुरनुर बरारले तीन र अंशुल कम्बोजले दुई विकेट लिए ।

जितसँगै भारतले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल नोभेम्बर ७ मा वेलिङ्टनमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै