• २०८३ कार्तिक २० शुक्रबार

चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले  रत्ननगर गरपालिका वडा नं १२ का १७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।जसमध्ये १ भूमिहिन दलित, ४ भूमिहिन सुकुम्बासी र १२ अव्यवस्थित परिवार रहेका छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको समितिले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै