• २०८३ कार्तिक २० शुक्रबार

झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद

झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट प्रहरीले ५५७ किलो गाँजा बरामद गरेको छ ।

स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार बिहान खोजतलास गरेको थियो । खोजतलासका क्रममा १३ वटा पोकामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गाँजाको प्लास्टिकसहित तौल ५६२ किलो ८०० ग्राम रहेको छ भने प्लास्टिक हटाउँदा ५५७ किलो रहेको छ ।

प्रहरीले गाँजा बरामद गरी आवश्यक मुचुल्का तयार गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै