• २०८३ कार्तिक २० शुक्रबार

राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओ जनगणतान्त्रिक गणतन्त्रका गैरआवासीय राजदूत भिथाया सायाभोङ र पानामाका गैरआवासीय राजदूत अलोन्सो कोरिया मिगुएलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

समारोहमा राष्ट्रपति पौडेलले तीनै देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै