• २०८३ कार्तिक २० शुक्रबार

एमालेपछि नेकपाले पनि फिर्ता लियो मधेश सरकारप्रतिको समर्थन

एमालेपछि नेकपाले पनि फिर्ता लियो मधेश सरकारप्रतिको समर्थन

जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकारबाट नेकपाले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट यसअघि एमालेले समर्थन फिर्ता लिइसकेको छ । नेकपा पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार थप संकटमा परेको छ ।  मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यता रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै