काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछाएको पोखराले १९ ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो ।
पोखराका लागि अर्जुन कुमालले सर्बाधिक ४५ रन बनाए भने युबराज शम्राले १९ र किरण ठगुन्नाले १३ रन बनाएका थिए । त्यस्तै चितवनका बलर रिजन ढकालले सर्बाधिक ४ विकेट लिए भने कमल सिंह ऐरीले ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्ल, मौसम ढकाल र डान मौस्लीले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै रवि बोपाराले ३५ रन बनाए भने अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाएका थिए । त्यसैगरी पोखराका बलर चामिका करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।
यो चितवनको दोस्रो जित हो । यो खेलपछि चितवनको ४ खेलमा ५ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पोखराले भने लगातार चौथो हार बेहोरेको छ भने प्लेअफको दौड अब कठिन बन्ने देखिएको छ ।









