• २०८३ कार्तिक २१ शनिबार

एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने

एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज साँझ ५ बजे हुने खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमने सामने हुदैछन् ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहेको छ । लुम्बिनीले ४ खेलमा ३ जित र एक खेल रद्ध हुदा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो चितवन राइनोजविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाडेको थियो । त्यस्तै तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको थियो भने चौथो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो ।

त्यसैगरी पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँ गोर्खाजले भने त्यसपछि खेलेका दुवै खेलमा जित हासिल गरेको छ । काठमाडौँले पछिल्ला दुई खेलमा कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै