काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २६६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा २६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने कोशीमा ४२ जना, काठमाडौँ उपत्यकामा २७ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ७६ जना, कर्णालीमा २१ जना र गण्डकीमा १५ जना घाइते भएका छन् ।









