• २०८३ कार्तिक २७ शुक्रबार

कर्णालीलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई पराजित गरेर प्लेअफमा पुगेको छ ।

विहिबार सम्पन्न दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो ।

यो जितपछि लुम्बिनी लायन्स ६ खेलमा ९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यस्तै कर्णालीको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनाएको छ । कर्णालीको ६ खेलमा केवल ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै