• २०८३ कार्तिक २७ शुक्रबार

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज अपराहन्न साढे १२ बजेदेखि हुने खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।

जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदुरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ । रनरेटका आधारमा सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमको यो लिग चरणको अन्तिम खेल रहेको छ ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ हाल पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै जनकपुर बोल्ट्सले भने ६ खेलमा ४ अंक हासिल गरेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल समेत हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै