• २०८३ कार्तिक २९ आइतबार

एक दिन लामो विश्वव्यापी अवरोधपछि माइक्रोसफ्टका सबै सेवा पूर्ववत् सञ्चालनमा

एक दिन लामो विश्वव्यापी अवरोधपछि माइक्रोसफ्टका सबै सेवा पूर्ववत् सञ्चालनमा

काठमाडौं । विश्वव्यापी प्राविधिक समस्याका कारण करिब एक दिन प्रभावित भएका माइक्रोसफ्टका सबै सेवा पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

माइक्रोसफ्टले शनिबार बिहान समस्या समाधान भएको जानकारी दिँदै आउटलुक, टिम्स र कोपाइलटलगायत सेवा प्रयोगकर्ताले अब अवरोध सामना गर्नुनपर्ने जनाएको छ ।

कम्पनीका अनुसार नेटवर्क क्षमता विस्तार गर्ने क्रममा भएको प्राविधिक त्रुटिका कारण समस्या उत्पन्न भएको थियो। यो साइबर आक्रमण वा कृत्रिम बौद्धिकता प्रणालीका कारण नभएको पनि माइक्रोसफ्टले स्पष्ट पारेको छ ।

यस समस्याले ७० भन्दा बढी देशका सरकारी निकाय, अस्पताल, अदालत, रेल सेवा तथा निजी कम्पनीको कामकाज प्रभावित भएको थियो । विश्वभर ४३ करोडभन्दा बढी प्रयोगकर्ता रहेका माइक्रोसफ्टका सेवामा आएको अवरोधप्रति कम्पनीले क्षमायाचना गरेको छ ।

प्राविधिक विज्ञहरूले विश्वका अत्यावश्यक सेवा सीमित ठूला प्रविधि कम्पनीका प्रणालीमा निर्भर रहँदा उत्पन्न हुन सक्ने जोखिमको यो घटना गम्भीर उदाहरण भएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै