• २०८३ कार्तिक २९ आइतबार

छठका ब्रतालुका लागि कमलपोखरी तयार

छठका ब्रतालुका लागि कमलपोखरी तयार

काठमाडौं । छठ पर्वका ब्रतालुका लागि काठमाडौंको कमलपोखरी तयार गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ ले अग्रवाल भवनसँग सहकार्य गरी ब्रतालुका लागि बस्ने स्थान, सरसफाइ, बत्ती र घाटको व्यवस्थापन गरेको छ ।

वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार कमलपोखरीमा करिब ५०० जनालाई व्यवस्थापन गर्ने तयारी गरिएको छ । श्रद्धालुको चापलाई ध्यानमा राख्दै सकेसम्म धेरैलाई स्थान उपलब्ध गराउने योजना रहेको उनले बताए ।

महानगर प्रहरी बलले पनि छठका दिन भीड व्यवस्थापन, बिरामी तथा अशक्तका लागि आकस्मिक सेवा र सुरक्षाको व्यवस्था गर्ने जनाएको छ । महानगरले कमलपोखरीसहित विभिन्न स्थानमा छठ पूजाका लागि घाट व्यवस्थापन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै