• २०८३ कार्तिक २८ शनिबार

छठको अवसरमा सोमबार सार्वजनिक बिदा

छठको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिएको जनाएको हो ।

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै