• २०८३ मङ्सिर १ मंगलबार

नुवाकोटका प्रदीप बने प्रोटोन कारका मालिक, म्याक्स टाइगरबाट २८ जनालाई मोटरसाइकल र स्कुटर

नुवाकोटका प्रदीप बने प्रोटोन कारका मालिक, म्याक्स टाइगरबाट २८ जनालाई मोटरसाइकल र स्कुटर

काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । यसै अभियानबाट देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।

कार विजेता लामाले एउटा क्यानबाटै यति ठूलो पुरस्कार जित्ने कल्पना नगरेको बताएका छन् । कार जितेको खबर सुरुमा विश्वास गर्न नसकेको बताउँदै उनले यसलाई आफ्नो परिवारका लागि पनि खुसीको क्षण भएको बताएका छन् ।

अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरेका छन् । मोटरसाइकल जित्नेमा विराटनगर, बिर्तामोड, जनकपुर, बर्दिबास, लालबन्दी, लहान, बुटवल, दाङ, धनगढी, काठमाडौँ, बनेपा, धादिङ, काभ्रे र वीरगन्जका उपभोक्ता रहेका छन् ।

त्यस्तै, स्कुटर जित्नेमा धरान, भैरहवा, बुटवल, चितवन, पोखरा, सुर्खेत, नेपालगन्ज, धनगढी, हेटौँडा र सिमराका उपभोक्ता रहेका छन् ।

कम्पनीले अभियानअन्तर्गत १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो। हालसम्म २८ जनाले पुरस्कार जितिसकेका छन् भने अझै आठ जनाका लागि मोटरसाइकल तथा स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।

म्याक्स टाइगरले अभियानमार्फत उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले अभियानमा सहभागी भई पुरस्कार जित्ने अवसरको लाभ लिन उपभोक्तालाई आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै