• २०८३ मङ्सिर ३ बिहीबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५  जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३४ जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा ९ जना, बागमतीमा २९ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा ८ जना र गण्डकीमा २ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै