• २०८३ मङ्सिर ३ बिहीबार

हुम्लामा ३९ किलोमिटर सडक कालोपत्रे गर्न दुई अर्बको ठेक्का सम्झौता

हुम्लामा ३९ किलोमिटर सडक कालोपत्रे गर्न दुई अर्बको ठेक्का सम्झौता

हुम्ला । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमिकोट सडक योजनाको उत्तर खण्डमा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ ।

बुधबार भएको सम्झौताअनुसार खार्पुनाथदेखि खरिखेतसम्म १८.२ किलोमिटर र खरिखेतदेखि सलिसल्लासम्म २०.८ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछ ।

झण्डै दुई अर्ब रुपैयाँ लागतमा निर्माण हुने उक्त सडकखण्ड तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत कात्तिक १७ गते ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको थियो ।

हुम्लाका अधिकांश बस्ती नदी करिडोर आसपासमा रहेकाले सडक स्तरोन्नति र कालोपत्रे भएपछि जिल्लाको सडक सञ्जालमा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको पूर्वाधार विकास मन्त्रालयले उल्लेख गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै