• २०८३ कार्तिक ३० सोमबार

कर्णाली याक्सको सान्त्वना जित, चितवन २४ रनले पराजित

कर्णाली याक्सको सान्त्वना जित, चितवन २४ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

प्लेअफको दौडबाट बाहिरिएको कर्णाली याक्सले यस सिजनको अन्तिम खेलमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ । 

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछाएको चितवनले १९.१  ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । चितवनका लागि कमिल मिशाराले २५, उसमा मिरले २८, देव खनालले १४ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर हुसैन तलतले ३ विकेट लिए भने मार्क वाट र पवन सराफले २-२ तथा सोमपाल कामीले एक विकेट लिए ।   

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै १५३ रन बनाएको थियो । कर्णालीका लागि हुसैन तलतले सर्बाधिक अविजित ५१ रन बनाए भने अरिफुल इस्लामले ३५ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८ र पवन सराफले १५ रन बनाएका थिए ।  त्यस्तै चितवनका बलर कमल सिंह ऐरी, सलाहुद्धीन खान र उसमा मिरले २-२ विकेट लिएका थिए । 

यो हारपछि पनि चितवन भने यसअघि नै प्लेअफमा पुगेको छ र चितवन अब चौथो स्थानमै रहेर इलिमिनेटर खेल्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै