• २०८३ मङ्सिर ५ शनिबार

संविधान र कानुनअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ- प्रचण्ड

संविधान र कानुनअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन संविधान र कानुनको व्यवस्थाअनुसार गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन मिति बारे निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे उठेका गुनासा दोहोरिन नदिन आयोगको ध्यानाकर्षण गराए । साथै, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न पनि सरकार र आयोगले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको उल्लेख गर्दै पार्टीभित्र थप छलफलपछि औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।

निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि आयोगको प्रस्ताव अध्ययन गरी पार्टीमा छलफल गरेपछि निर्णय लिने उनले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै