• २०८३ मङ्सिर ८ मंगलबार

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ । धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बिहान ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुणप्रसाद भट्टलाई उपचारका लागि बैरेनी अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि प्रहरीले टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै