• २०८३ मङ्सिर ८ मंगलबार

सल्यानमा ओडारभित्र लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यानमा ओडारभित्र लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब १ बजे सामुदायिक वनको ओडारमा लुकाइएको अवस्थामा ती बन्दुक फेला पारेको हो ।

प्रहरीका अनुसार बरामद बन्दुकमध्ये ७ नाल साबुत र एक नाल बेसाबुत रहेका छन् ।

बरामद गरिएका बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै