Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

तेस्रो टी–२० मा अस्ट्रेलियामाथि इंग्ल्यान्ड सात विकेटले विजयी

तेस्रो टी–२० मा अस्ट्रेलियामाथि इंग्ल्यान्ड सात विकेटले विजयी

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा इंग्ल्यान्डले सात विकेटको शानदार जित निकालेको छ ।

शुक्रबार ब्रिस्बेनस्थित गाबा मैदानमा भएको खेलमा अस्ट्रेलियालाई १०८ रनमै समेटेको इंग्ल्यान्डले वर्षाका कारण १७ ओभरमा छोट्याइएको लक्ष्य सहजै पूरा गरेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन बनाएको थियो । उसका लागि साम हार्परले सर्वाधिक २६ र जेक फ्रेजर–म्याकगर्कले २२ रन बनाए । इंग्ल्यान्डका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १२ रन दिएर पाँच विकेट लिए भने लियाम डसनले दुई विकेट हात पारे ।

वर्षाले खेल प्रभावित भएपछि इंग्ल्यान्डले १७ ओभरमा ९३ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा इंग्ल्यान्डले आक्रामक सुरुवात गर्दै लक्ष्य सहजै भेट्टायो । एनेरिन डोनाल्डले ११ बलमा ३२ रन बनाए भने जोर्डन कक्स र टम ब्यान्टनले अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

यस जितसँगै पाँच खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता बनाएको छ । पहिलो खेल अस्ट्रेलियाले तीन विकेटले जितेको थियो भने दोस्रो खेलमा इंग्ल्यान्ड आठ विकेटले विजयी भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै