काठमाडौँ । भारतीय ब्याट्सम्यान रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम मुम्बई इन्डियन्सको पुन: कप्तान बनेका छन् । फ्रेन्चाइजीले शुक्रबार रोहितलाई पुनः कप्तान नियुक्त गरेको घोषणा गरेको हो ।
सन् २०२४ को संस्करणअघि रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्ड्यालाई जिम्मेवारी दिइएको थियो। हार्दिक पञ्जाब किंग्समा गएपछि मुम्बईले रोहितलाई पुनः नेतृत्वको जिम्मेवारी दिएको हो । हार्दिकको सट्टा तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बईमा आबद्ध भएका छन् ।
रोहितले आफ्नो कप्तानीमा मुम्बईलाई पाँच पटक आईपीएल उपाधि जिताएका थिए । उनको नेतृत्वमा टोलीले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो । उनले मुम्बईका लागि १५८ खेलमा कप्तानी गर्दा ८७ खेल जिताएका थिए ।
पछिल्ला दुई सिजनमा मुम्बईको प्रदर्शन निराशाजनक रहेपछि फ्रेन्चाइजीले रोहितलाई पुनः कप्तानीको जिम्मेवारी दिएको हो । अब उनको नेतृत्वमा मुम्बईले आगामी सिजन उपाधि जित्ने लक्ष्य राखेको छ ।









