Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

भारतबाट एकैदिन १६१ बुलेट एलपी ग्यास लोडिङ

भारतबाट एकैदिन १६१ बुलेट एलपी ग्यास लोडिङ

काठमाडौं  । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन गरिएको पहलपछि भारतीय आयल कर्पोरेसनले एकै दिन १६१ बुलेट ग्यास लोड गरेको छ ।

नेपाल आयल निगमका अनुसार नोभेम्बर २६ मा १६१ बुलेट ग्यास लोडिङ भएको हो । सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेट मात्रै लोड हुँदै आएको थियो । निगमले भारतीय आयल कर्पोरेसनसँग समन्वय गरी लोडिङ बढाउन अनुरोध गरेको थियो ।

लोडिङमा भएको वृद्धिले बजारमा ग्यास आपूर्ति व्यवस्थापन सहज हुने निगमको अपेक्षा छ । निगमका अनुसार हाल बजारमा ग्यासको बिक्री वितरण नियमित रहेको छ ।

सरकारले ग्यासको माग र आपूर्तिको अवस्थालाई नियमित अनुगमन गर्दै आयात, ढुवानी र वितरण प्रणाली प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै