• २०८१ बैशाख १७ सोमबार

मुक्तिनाथ विकास बैंकको वरदान मुद्दती योजना

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ योजना ल्याएको छ । बैंकले ग्राहकहरुलाई नयाँ अर्को सेवाको रुपमा मुक्तिनाथ वरदान मुद्दती योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्षअवधिमा न्यूनतम ५ लाख रुपैयाँदेखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजनाअन्तर्गत राख्ने निक्षेपमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गर्ने छ । 

यस योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसाडेबिट कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै