• २०८१ बैशाख १७ सोमबार

आर्यन र सृष्टि स्टारर फिल्म ‘बाँधमायाले’को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ। आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँधमायाले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा आर्यन र सृष्टिबीचको गहिरो प्रेमसँगै दुईबीचको द्धन्द्ध देख्न सकिन्छ । उनीहरु फिल्ममा अर्जुन र श्रद्धाको भूमिकामा छन् । फिल्म असोज ५ गते प्रदर्शनमा आउँदैछ ।

फिल्मको प्रोमोमा आर्यन र सृष्टिसँगै नवनायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्रप्रताप सेन र विशाल चाम्लिंग पनि प्रस्तुत छन् । निर्देशक सविर श्रेष्ठ प्रोमोले दर्शकको ध्यान तान्ने बताउँछन् । ‘बाँधमायाले’को टिजर र गीत पश्चात प्रोमो सार्वजनिक गरिएको हो । फिल्मको थप दुई गीत बाँकी रहेको निर्देशक श्रेष्ठ बताउँछन् ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँधमायाले’ मा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेकाछन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै