• २०८१ बैशाख २२ शनिबार

बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिकेलाई ६ महिना जेल सजाय हुन सक्ने ! 

kharibot

काठमाडौँ। बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिकेलाई ६ महिला जेल सजाय हुन् सक्ने बह्येको छ । पिकेलाई ट्राफिक प्रहरीले शुक्रबार बिना आधिकारिक लाइसन्स गाडी चलाएको भेटाएपछि यस्तो कारवाही हुनसक्ने भएको हो । 

ट्राफिक प्रहरीले रुटिन छेक गर्ने क्रममा पिकेसँग कागजपत्र मागेको र पिकेले आधिकारिक लाइसन्स देखाउन नसकेपछि उनलाई कारवाही हुने भएको हो। स्पेनमा ड्राइभरलाई १२ अंक दिइने र ट्राफिक नियम उलंघन गर्दै गएमा सो अंक घट्दै जाने नियम रहेको छ।  ट्राफिक प्रहरीको चेकमा पिकेको सो अंक शुन्य रहेको पाइएपछि उनी कारवाहीमा पर्ने भएका हुन् । 

ड्राइभरको अंक जिरो हुनुलाई स्पेनमा अपराधको रुपमा लिने गरिन्छ। यस्तो भेटिएमा स्पेनमा ट्राफिक कार्यालयमा २४ घन्टे ट्राफिक कोर्स गरेर टेस्ट पास गरेपछि मात्र फेरी गाडी चलाउन पाइने नियम रहेको छ।  

स्पेनको कानुन अनुसार यस्तो अपराधमा ६ महिना जेल वा ५ हजार ३ सय ७० पाउण्ड जरिवाना हने व्यवस्था रहेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै