• २०८१ बैशाख १७ सोमबार

जुत्ता (कविता)

kharibot

लामो अन्तराल छिचोलेँ 
उसलाई सुनाउँन एउटा सुन्दर वाक्य-
म तिमीलाई प्रेम गर्छु

तर कत्ति पनि समय नलिई
भनिदई सीधै- तिम्रो स्थान त मेरो जीवनमा
जुत्ता जति मात्र छ
सायद देखाउनु थियो उसलाई 
मप्रति घृणा

तर म त खुसीले मात्तिएँ साह्रै
मैले बुझेको छु-
हेलिकप्टर प्रयोग गरि सगरमाथा चुम्ने
पर्वतारोही हुन सक्दैन
पर्वतारोही हुन त जमिनबाटै यात्रा गर्नुपर्छ
मभित्र प्रेमिल हृदय भएर होला
घृणामा पनि प्रेम देख्ने गर्छु
पुग्नु छैन एकैपटक उसको मन-मस्तिष्कमा
प्रेमको शिखर समय खर्चेर चढ्न चाहन्छु
पहिलो बेस क्याम्प त पार गरिसकेँ 
उसको जुत्ता जो भएको छु
अब बिस्तारै हुनेछु मोजा, पाइन्ट, पेटी, सर्ट, माला, लिपिस्टिक, नथिया, गाजल, टिका, टोपी..........
एकदिन पक्कै शिखर चुम्नेछु 
उसको सिन्दुर भएर 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै