म्यानमारमा मिस्टर मोडल अफ द वर्ल्ड बने नेपाली मोडल दिक्पाल कार्की

खरीबोट
ad

काठमाडौँ। म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल जितेका हुन् । 

प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए ।

दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते ।

दिक्पालले यस अघि थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

सम्बन्धित समाचार

यी मोडल जसलाई कतिले राक्षस त कतिले फिटनेसकी देवी मान्छन् !

युरोप । उनलाई देख्नेबित्तिकै के तपाईं यही संसारको हो र भन्नेहरुको कमी छैन । उनको शरीर नै अलौकिकजस्तो देखिएका कारण मानिसहरुले उनलाई यो प्रश्न गर्ने गर्छन् । उनको नाम बखर

नेपाल मोडलिङ संघको सर्जक सम्मान कार्यक्रम

काठमाडौँ / समाजका विभिन्न क्षेत्रमा सेवा गरेका लब्ध प्रतिष्ठित व्यक्तिलाई "नेपाल आमा रत्न सम्मान सर्जक सम्मान २०७५" प्रदान गरिएको छ । नेपाल मोडलिङ संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सर्जक सम्मान गरिएको हो ।

आधा दर्जन मोडल सम्मानित हुँदै 

काठमाडौं । अभिनेता तथा मोडल प्रशान्त तम्राकार, पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आयुसी शाह लगायत नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय

म्यानमारमा मिस्टर मोडल अफ द वर्ल्ड बने नेपाली मोडल दिक्पाल कार्की

काठमाडौँ। म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द