काठमाडौँ। एशिया कप क्वालिफायर जितेर एशिया कपमा छनौट भएको हङकङले एशिया कपमा खेल्ने सबै खेललाई आइसीसीले एकदिवसीय मान्यता दिने भएको छ। एशिया कपमा हङकङ खेल्ने खेलहरुलाई आइसीसीले एकदिवसीय मान्यता दिएको एशियन क्रिकेट काउन्सिलले जानकारी दिएको छ ।
२०१४ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको हङकङले गत मार्चमा भएको विश्वकप छनौटका क्रममा नेदरल्यान्ड्ससँग प्लेअफमा पराजित भएपछि एकदिवसीय मान्यता गुमाएको थियो।
UPDATE:
The International Cricket Council has granted ODI status for all matches involving Hong Kong in #AsiaCup2018
We thank the @ICC for their support. @BCCI @CricketHK @TheRealPCB @OfficialSLC @ACBofficials @BCBtigers pic.twitter.com/lKrbpb84L9— AsianCricketCouncil (@ACCMedia1) September 9, 2018
हङकङले अहिलेसम्म २४ एकदिवसीय खेल खेलेको छ भने ९ खेलमा जित हासिल गरेको छ भने १४ खेलमा हार बेहोरेको छ। त्यस्तै एक खेलमा कुनै नतिजा आएको छैन।
आगामी सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र एशिया कप क्वालिफायरबाट छनौट भएको हङकङसहित ६ देश एशिया कप खेल्दै छन् ।
अब हङकङ भारत र पाकिस्तानसहित समूह ए बाट खेल्ने छ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् ।
आइसीसीले तालिका अनुसार १५ सेप्टेम्बरमा बंगलादेश र श्रीलंकाबीच हुने छ, त्यस्तै १६ सेप्टेम्बरमा पाकिस्तान र हङकङबीच, १७ सेप्टेम्बरमा श्रीलंका र अफगानिस्तानबीच, १८ सेप्टेम्बरमा भारत र हङकङबीच, १९ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच र २० सेप्टेम्बरमा बंगलादेश र अफगानिस्तानबीच समुह चरणका खेल हुने भएका छन्।
त्यस्तै समुह चरणबाट शिर्ष ४ टिम एक अर्कासंग खेल्ने छन् भने शिर्ष २ टिम फाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल २८ सेप्टेम्बरमा हुने छ।